Section 167
कार्यालयले निर्णय कार्यान्वयन गराउने
(१) दफा १६६बमोजिम निर्णय, फैसला वा सम्झौता कार्यान्वयन नभएमा सम्बन्धित पक्षले
कार्यालयमा निवेदन दिन सक्नेछ ।
(२)उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि कायार्लयले निर्णय, फैसला वा सम्झौता कार्यान्वयन गर्नु पर्ने रोजगारदाता, प्रतिष्ठान वा श्रमिकको सम्बन्धमा देहायका कुनै वा सवै उपाय अवलम्बनगरी निर्णय वा फैसला कार्यान्वयन गराउन सक्नेछ :
(क) अचल सम्पत्ति रोक्का राख्न सम्बन्धित निकाय वा अधिकारी समक्षलेखी पठाउनेवा लिलाम बिक्री गर्ने,
(ख)बैङ्क खाता रोक्का राख्न लेखी पठाउने,
(ग) प्रचलित कानून बमोजिम पाउने छुट,सहुलियत निलम्बनगर्ने वा रोक्का राख्न लेखी पठाउने,
(घ) सम्बन्धित पक्षको नाममा भएको श्रम इजाजतवा इजाजत निलम्बनगर्ने,
(ङ)अन्य उपयुक्त आदेश गर्ने । (३) उपदफा (२) बमोजिमको कुनै कार्य गर्नको लागि कायार्लय बाट लेखी आएमा सम्बन्धित निकायलेसो बमोजिम गरीदिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम निवेदन परेको तीन महिनाभित्र वा उपदफा (२) र (३) बमोजिमको प्रक्रिया पूरा भएको पन्ध्र दिनभित्र निर्णय वाफैसला कार्यान्वयन नभएमा वा सो विरुद्ध कानूनी चुनौतीदिएमा दफा १६८बमोजिम सजायको लागि श्रम अदालतमा उजुरी गर्न सक्नेछ ।